काठमाडौं, ३ मंसिर । नेकपा एमालेले चितवनमा हुने दसौं राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा उपस्थितिका लागि प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई निम्तो दिएको छ।एमालेले यही मंसिर १० देखि १२ गतेसम्म चितवनमा महाधिवेशन गर्दैछ।आज बालुवाटार पुगेर एमाले नेता सुवास नेम्वाङ र राजन भट्टराईले प्रधानमन्त्री देउवालाई महाधिवेशनको निम्तो दिएका हुन्। एमालेले महाधिवेशनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पाहुनाहरूलाई निमन्त्रणा गर्ने बताएको थियो। तर माधवकुमार नेपाल नेतृत्वमा रहेको नेकपा (एकीकृत समाजवादी) लाई भने एमालेले महाधिवेशनमा नबोलाउने बताएको थियो।
प्रधानमन्त्री देउवालाई एमालेले दियो महाधिवेशनको निम्तो
प्रतिक्रिया