सर्वोच्च परिसरमा वकिल र प्रहरीबीच घम्साघम्सी

काठमाडौं, ३ मंसिर। सर्वोच्च अदालत परिसरमा कानून व्यवसयी र प्रहरीबीच घम्साघम्सी भएको छ । प्रहरीले धर्नास्थलमा कानून व्यवसयीहरूलाई प्रवेशमा रोक्न खोज्दा दुई पक्षबीच घम्साघम्सी भएको हो ।

नियमित रुपमा कानून व्यवसायीहरू धर्ना बसिरहेको सर्वोच्च परिसरमा आज सुरक्षाकर्मीले घेरा हालेको छ । अहिले कानून व्यवसायी सोही ठाउँमा जान खोजिरहेका छन् भने प्रहरीले रोकिरहेको छ ।आन्दोलित कानून व्यवसायीहरूले आफूहरू शान्तिपूर्ण धर्ना दिने बताए पनि सुरक्षाकर्मीले उनीहरूलाई रोकेको छ । कानून व्यवसायीले वरिष्ठ अधिवक्तालाई अगाडि लगाएर धर्नास्थल प्रवेश गर्न खोजेका छन् तर प्रहरीले उनीहरूलाई अघि बढ्न दिएको छैन ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति