वकिलहरुलाई धम्की दिनेहरु पक्राउ

काठमाडौँ , ३ मंसिर । नेपाल बार एसोसिएसन परिसरभित्र पसेर कानुन व्यवहसायीहरुलाई धम्की दिने दुई जना पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले बिहीबार राति बौद्धबाट तीर्थ ढकाल र सिताराम श्रेष्ठलाई पक्राउ गरेको हो ।श्रेष्ठ र ढकालले बिहीबार कानुन व्यवयसायीहरुलाई दुर्व्यवहार गर्दै गालीगलौजमा उत्रिएका थिए ।

दुई पक्षबीच विवाद बढ्दै गएपछि ती दुई जनालाई प्रहरीले बार परिसरबाट बाहिर निकालेको थियो ।ढकाल काठमाडौं महानगरपालिका– ६ बौद्ध र श्रेष्ठ कागेश्वरी मनफहरा नगरपालिका–६ मूलपानीका रहेको खुलेको प्रहरीले बताएको छ ।काठमाडौं प्रहरी प्रवक्ता एसपी रमेश बस्नेतले पक्राउ परेकामाथि अनुसन्धान भइरहेको बताए । दुवै जना टेकुस्थित परिसरको हिरासतमा छन् । उनीहरुको पृष्ठभूमि र कसको निर्देशनमा बार परिसर छिरेका थिए भन्ने खुलाइएको छैन ।यसैगरी कानुन व्यवसायीहरुलाई धम्की दिने थप दुई जना फरार रहेको र उनीहरुको खोजी जारी रहेको प्रवक्ता एसपी बस्नेतले बताए ।उनीहरु मोबाइल अफ गरेर सम्पर्कविहीन भएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति