आज पाँच प्रदेशमा वर्षाको सम्भावना, उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात

काठमाडौँ, ३ मंसिर। अरब सागरमा बनेको निम्न चापीय क्षेत्रको आंशिक प्रभाव नेपालमा परेको छ । जस कारण आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी प्रदेश र बागमतीका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।बागमती, गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।राति पनि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमतीमा बदली रही एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले आङ्कलन गरेको छ ।देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।शनिवार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति