विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या ५१ लाख ४६ हजार नाघ्यो

काठमाडौँ, ३ मंसिर । विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५१ लाख ४६ हजार नाघेको छ ।पछिल्लो २४ घण्टामा ७ हजार ४८२ संक्रमितको मृत्यु भएसँगै मृतकको संख्या ५१ लाख ४६ हजार ७८ पुगेको हो ।ओल्डोमिटरको तथ्यांकअनुसार रुसमा थप एक हजार २५१, अमेरिकामा एक हजार ४२, ब्राजिलमा २७९, टर्कीमा २२६ र बेलायतमा १९९ संक्रमितको मृत्यु भएको हो ।यही अवधिमा ५ लाख ४६ हजार ७८ जना संक्रमित थपिएका छन् भने ४ लाख ३ हजार ७४२ जना संक्रमणमुक्त भएका छन् ।अमेरिकामा ९० हजार ५२५, बेलायतमा ४६ हजार ८०७, रुसमा ३७ हजार ३७४, टर्कीमा २२ हजार २३४ र ब्राजिलमा १२ हजार ३०१ संक्रमित थपिएका हुन् ।योसहित कुल संक्रमितको संख्या २५ करोड ६२ लाख ९६ हजार ३२० पुगेको छ ।त्यसैगरी अमेरिकामा ५८ हजार २९६, रुसमा ३६ हजार ८९४, बेलायतमा ३३ हजार ८९४, टर्कीमा २९ हजार ५३८ र ब्राजिलमा १२ हजार ९७ संक्रमित थप निको भएका हुन् ।यससँगै विश्वभर निको हुनेको संख्या २३ करोड १५ लाख २ हजार ३३७ जना निको भइसकेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति