प्रचण्ड निवासमा रामदेव

काठमाडौं, २ मंसिर । नेपाल भ्रमणमा रहेका भारतीय योगगुरु बाबा रामदेव र आचार्य बालकृष्णले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको स्वास्थ्य लाभको कामना गरेका छन् । खुमलटारस्थित प्रचण्ड निवास पुगेर रामदेव र बालकृष्णले सीताको स्वास्थ्य अवस्थाबारे जानकारी पनि लिएका छन् । प्रचण्डको नीजि सचिवालयका अनुसार दुवै योग गुरुसँग माओवादी अध्यक्ष प्रचण्डले समसामयिक विषयमा संवाद पनि गरेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति