नबिल बैंकद्धारा प्रिमियम रेमिट्यान्स सेभिङ्स अकाउन्ट ल्याइयो सञ्चालनमा

काठमाडौं , २ मंसिर । आफ्ना ग्राहकहरुलाई समयानुकूल सेवा प्रदान गर्दै आइरहेको नबिल बैंकले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुलाई मध्यनजर गरी व्यक्तिगत बचत खाताअन्तर्गत ‘नबिल प्रिमियम रेमिट्यान्स सेभिङ्स अकाउन्ट’ सञ्चालन ल्याएको छ। यस ‘नबिल प्रिमियम रेमिट्यान्स सेभिङ्स अकाउन्ट’ मा बैंकले व्यक्तिगत बचत निक्षेपहरुको प्रकाशित व्याजदर मध्यको उच्च ब्याजदर प्रदान गर्नेछ । बैंकिङ प्रणालीबाट प्राप्त हुने विप्रेषण रकम निक्षेपमा राखी यो बचत खाता खोल्न सकिनेछ साथै ग्राहकहरुले यो खाता शून्य मौज्दातमा खोल्न सक्नेछन्। सन् १९८४ मा स्थापित नबिल बैंकल हाल १३५ शाखा, १८९ एटीएम र १५ सयभन्दा बढी नबिल रेमिट एजेन्टमार्फत आफ्ना ग्राहकहरुलाई समायनुकूल सेवा प्रदान गर्दै आएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति