मानव अधिकार आयोगद्धारा कानून व्यवसायीको आन्दोलनमा अनुगमन

काठमाडौं , २ मंसिर । नेपाल बार एशोसिएसनको आन्दोलनमा राष्ट्रिय मानव अधिकार आयोगले चासो व्यक्त गरेको छ । आयोगले सर्वोच्च अदालत र नेपाल बार एशोसिएसन परिसरमा आन्दोलनमा अनुगमन गर्न भन्दै आफ्ना कर्मचारीहरूलाई पठाएको छ । आन्दोलनमा निगरानी गर्न कर्मचारीहरू पठाएको जानकारी दिए ।

सर्वोच्च परिसरमा भइरहेको आन्दोलनमा आज बार एशोसिएसनको अध्यक्ष नै घाइते भएको कुरा थाहा पाएपछि अनुगमन गर्न कर्मचारीहरू पठाएको साथै बारको आन्दोलनमा चार–पाँच दिनदेखि नै अनुगमन गरेर हरेक दिनको रिपोर्ट संकलन गरिरहेको राष्ट्रिय मानव अधिकार आयोगका प्रवक्ता टीकाराम पोखरेलले बताए ।

मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरसहितका संवैधानिक आयोगका पदाधिकारीहरूले यसअघि प्रधानन्यायाधीशको बचाउ गर्दै विज्ञप्ति निकालेका थिए । नेपाल बार एशोसिएसनको अगुवाइमा जारी कानून व्यवसायीहरूको बिहीबारको आन्दोलनमा प्रहरीले बल प्रयोग गर्दा बार अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित १२ जना घाइते भएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति