भारतले पहिलो टी–२० मा न्युजिल्यान्डलाई हरायो

काठमाडौं, २ मंसिर । भारतले पहिलो टी–२० अन्तर्राष्ट्रियमा खेलमा न्युजिल्याण्डलाई पाँच विकेटले पराजित गरेको छ । भारतले टी–२० विश्वकपमा खराब प्रदर्शन गरपश्चात् पहिलो पटक खेलेको सिरिजमा भने रोमाञ्चक जित हात पारेको हो । सिरिजको पहिलो जितसँगै भारतीय टिमका नयाँ प्रशिक्षक राहुल द्रविड र कप्तान रोहित शर्माको जोडीले पनि सुखद सुरुआत गरेका छन् ।

जयपुरमा न्युजिल्याण्डले दिएको १६५ रनको लक्ष्य भारतले १९.४ ओभरमा पाँच विकेट गुमाएर पूरा ग¥यो । न्युजिल्याण्डमाथिको जितपछि तीन खेलको सिरिजमा भारतले १–० को अग्रता बनाएको छ । भारतको जितमा सूर्यकुमार यादवले सर्वाधिक ६२ रन बनाए । यस्तै कप्तान रोहित शर्माले ४८ रन जोडे भने ऋषव पन्त १७ रनमा अविजित रहे ।

न्युजिल्याण्डका ट्रेन्ट बोल्डले दुई विकेट लिए । टिम साउथी, डारेल मिचेल र मिचेल सान्टनरले एक/एक विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा ६ विकेट गुमाएर १६४ रन बनाएको थियो ।न्युजिल्याण्डका लागि मार्टिन गुप्टिल र मार्क चापम्यानले अर्धशतक बनाए भने ओपनर गुप्टिलले सर्वाधिक ७० रन बनाउँदा मार्क चापमानले ६३ रन जोडे ।

त्यसैगरी यस खेलमा भारतका भुवनेश्वर कुमार रविचन्द्रन आश्विनले दुई÷दुई तथा दीपक चाहर र मोहम्मद सिरिजले समान एक÷एक विकेट लिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति