शशांक कोइरालाले भने: सभापतिमै उठ्छु

किमाथाङ्का, २ मंसिर । नेपाली कांग्रेसका महामन्त्री शशाङ्क कोइरालाले पार्टीको १४ औँ महाधिवेशनमा सभापति पदमा उठ्ने बताएका छन्।

संखुवासभाको तुम्लिङटार विमानस्थलमा पत्रकारसँग बुधबार कुरा गर्दै कोइरालाले १४ औँ महाधिवेशनमा पार्टी सभापतिमा लड्ने बताए।

सभापतिका लागि आफू बलियो उम्मेदवार भएको उनको भनाइ थियो। उनले सभापति पदका लागि उम्मेदवारीको औपचारिक घोषणा चाँडै गर्ने बताए।

महामन्त्री कोइरालाले गठबन्धन चुनाव अघिसम्म मात्रै रहने बताए। ‘आगामी चुनावमा कुनै पार्टीसँग तालमेल हुँदैन, आगामी चुनावमा अन्य पार्टीसँग गठबन्धन गर्ने विषयमा कांग्रेसले सहमति गरेको छैन,’ उनले भने।

कांग्रेसले वर्तमान सत्ता गठबन्धनका लागि मात्रै सहकार्य गरेको उनको भनाइ थियो। कोइरालाले आगामी निर्वाचनपछि कांग्रेसले बहुमतको सरकार बनाउने दाबी गरेका थिए। एक्लै चुनाव लड्दा पनि आगामी चुनावमा कांग्रेसले बहुमत ल्याउने उनले बताए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति