बारका अध्यक्षसहित एक दर्जन वकिलहरू घाइते :पहिलो सहिद बन्न तयार छु– अर्याल


काठमाडौं, २ मंसिर । अधिवक्ता ओम प्रकाश अर्यालले सर्वोच्चमा एसएलआर भिरेका प्रहरी परिचालन गरिएको भन्दै आक्रोश पोखेका छन् । उनले आफूहरुलाई धम्क्याउनकै लागि एसएलआर भिरेका प्रहरी परिचालन गरिएको भन्दै त्यस्ता धम्कीले कुनै काम नगर्ने बताए । नेपाल बार एशोसिएशनले आयोजना गरेको विरोध कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै उनले धर्नामा बसेका वकिलहरुलाई एसएलआरको नालले घोच्ने काम भएको भन्दै बताए । उनले उनले न्यायालय बचाउनका लागि आफू मर्न पनि तयार रहेको बताए ।

अदालतमा एसएलआर किन ल्याइन्छ ? के हाम्रो हत्या गर्न एसएलआर ल्याइएको हो ?’, उनले आक्रोश पोखे, ‘चोलेन्द्रले हाम्रो हत्या गर्न खोजेको हो ? त्यसो हो भने म पहिलो सहिद बन्न तयार छु । तर न्यायपालिका बचाउनुपर्छ ।’ एसएलआरसहितको प्रहरी अदालतभित्र छिराएर दमन गर्ने काम भएको भन्दै यो सह्य र स्वीकार्य नरहेको बताए ।

‘यस विषयमा प्रहरीले माफी माग्नुपर्छ । यदि प्रहरीले माफी नमाग्ने र बारले सुरक्षा पनि नगर्ने हो भने बारका पदाधिकारीबाहेकका अन्य वकिलले पनि विद्रोह गर्ने र प्रहरी घेरा तोड्ने अवस्था आउन सक्छ’, उनले चेतावनी दिए । बारको आन्दोलनका क्रममा प्रहरी हस्तक्षेप हुँदा बारका अध्यक्षसहित एक दर्जन वकिलहरू घाइते समेत भएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति