युरोप र एसियामा देखापर्यो बर्ड बर्ड फ्लू दक्षिण कोरियामा मारियो झन्डै ८ लाख कुखुरा


काठमाडौँ, ३० कार्तिक । युरोप र एसियामा गम्भीर प्रकृतिको बर्ड बर्ड फ्लू देखा परेको छ । प्राणी सम्बन्धी विश्व स्वास्थ्य संगठन (ओआईई) समक्ष पेश गरिएको पछिल्लो रिपोर्टमा युरोप र एसियामा बर्ड फ्लू फैलिन थालेको उल्लेख छ ।

सोमबार दक्षिण कोरियाको चुङचेओङबुक स्थित एक कुखुरा फार्ममा बर्ड फूलू देखा परेको छ । बर्ड Ïलू देखा परेपछि उक्तफार्ममा रहेका ७ लाख ७० हजार कुखुरा मारिएको छ । त्यस्तै उत्तरपूर्वी जापानको एक फार्ममा समेत यस वर्षको हिउ“दमापहिलो पटक एच५एनड नामक बर्ड बर्ड फ्लूको उप–प्रजाती देखा परेको छ ।

युरोपकाकतिपयमुलुकमा समेत बर्ड बर्ड फ्लू देखा पर्न थालेको छ । नर्वेको रोगाल्याण्ड क्षेत्रमा७हजार चराचुरु¨ीमा एच ५एन १ बर्ड फ्लूू देखा परेको ओआईईले जनाएको छ ।

विशेषगरी शरद ऋतुमा बसाइँसराइँ गरेर आउने चराबाट बर्ड फ्लू सर्ने गरेको पाइन्छ । एन्टवर्प क्षेत्रमा एक जंगली हाँस मानिकै संक्रामक बर्ड फ्लू देखा परेपछि बेल्जियम सरकार सतर्क बनेको र कुखुरालाई भित्रै राख्न आदेश दिएको छ । यसअघि अक्टोबर महिनामा फ्रान्स र नेदरल्याण्डका कुखुरा फार्ममा समेत सतर्कता अपनाइएको थियो ।

ओआईई समक्षपेश गरिएको पछिल्लो प्रतिवेदनबाट बर्ड फ्लू भाइरस तीव्र रुपले पुनः फैलिन थालेको प्रस्ट हुन्छ । यसअघि देखा परेको बर्ड फ्लूका कारण कुकुरा र हाँससहित करौडौं चराचुरुङ्गीलाई मारिएको थियो । पछिल्लो पटक पुनःबर्ड फ्लू देखा पर्न थालेपछि सरकार र कुखुरा व्यवसायीहरु सतर्क बन्नथालेका छन् । बर्ड फ्लू मानिसमा समेत सर्न सक्ने हुँदायसले रोग विशेषज्ञहरूको ध्यान तानेको छ । यस वर्ष मात्रै चीनमा बर्ड फ्लूको उप–प्रजाति एच ५एन ६ बाट २१ मानिस संक्रमित भइसकेका छन् । तर कुखुराबाट उत्पादित वस्तु सेवन गर्दा मानिसमा बर्ड फ्लू सर्दैन ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति