विवेकशील साझा पार्टीका तीन जना केन्द्रीय सदस्यले पार्टी छाडेको घोषणा

काठमाडौं, ३० कातिक । विवेकशील साझा पार्टीका तीन जना केन्द्रीय सदस्यले पार्टी छाडेको घोषणा गरेका छन्।

मंगलबार एक विज्ञप्ति जारी गर्दै तीन केन्द्रीय सदस्यले पार्टीको साधारण सदस्य समेत नरहने गरी छाडेको जानकारी दिएका हुन्।

पार्टी छाड्नेमा सरला लामिछाने, प्रतिभा डंगोल र दीपा अर्याल छन्। पार्टीको सिद्धान्त, विचार र बाटो नै फरक परिसकेको हुँदा पार्टी त्याग गरेको उनीहरूको भनाइ छ।

हामीले मान्दै आएको राजनीतिक सिद्धान्त, विचार र बाटो नै फरक परिसकेपछि हामी यो दलमा रहनुको कुनै औचित्य छैन। त्यसैले आजको मितिदेखि यो दलमा साधारण सदस्य पनि नरहने गरी सदस्यता त्याग गरेको घोषणा गर्दछौं, जारी विज्ञप्तिमा भनिएको छ।

तत्कालीन विवेकशील नेपाली दल र साझा पार्टीबीच भएको एकीकरण नै यस क्षतिको मूल कारक भएको उनीहरूले बताएका छन्। यसले दल र सिंगो वैकल्पिक राजनीतिलाई पुर्‍याएको क्षति आकलन गर्न केही समय लाग्ने पनि उनीहरूले बताए। कुनै परिवारमा जन्मेकै आधारमा कोही व्यक्तिले आफूहरूमाथि शासन गर्न पाउने व्यवस्था कल्पना पनि गर्न नसकिने उनीहरूको बुझाइ छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति