फिफा विश्वकपमा पोर्चुगललाई स्तब्ध पार्दै सर्बिया छनोट

काठमाडौं, २९ कात्तिक । सर्बियाले सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकपमा पोर्चुगललाई स्तब्ध पार्दै छनोट भएको छ ।आइतबार राति भएको युरोपियन छनोटअन्तर्गतको समूह ए को खेलमा सर्बियाले पोर्चुगलमाथि २–१ गोल को पुनरागमन जित हात पार्‍यो । रेनाटो सान्चेजको गोलमार्फत घरेलु मैदानमा पोर्चुगलले दोस्रो मिनेटमै अग्रता लिएपनि त्यसलाई कायम भने राख्न सकेन ।

लिस्बनको लुज स्टेडियममा पोर्चुगल र सर्बियाबीचको विश्वकप २०२२ को समूह ए छनोट खेलमा सर्बियाका डुसान भ्लाभिकसँग बलको लागि हाम फाल्दै।

डुसान टाडिकले सर्बियाका लागि ३३ औं मिनेटमा गोल गर्दै खेल बराबरी गरे भने ९०औं मिनेटमा एलेक्सजेण्डर मिट्रोभिकले निर्णायक गोल गर्दै सर्बियाले २–१ ले पोर्चुगललाई हरायो समूह ए मा ८ खेलबाट २० अंक जोड्दै जितपछि सर्बिया शीर्ष स्थानमा रहेर विश्वकपमा पुग्यो । १७ अंक रहेको पोर्चुगलले भने प्लेअफ खेल्नुपर्ने भएको छ । पोर्चुगलका स्टार स्ट्राइभर क्रिटियानो रोनाल्डो विश्वकपमा सिधै आफ्नो देशलाई छनोट गराउन नसकेपछि मैदानमै रोएका थिए ।

पोर्चुगलका स्टार स्ट्राइभर क्रिटियानो रोनाल्डो
  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति