४४ अर्बभन्दा बढीमा वासिङटनस्थित होटल बेच्दै ट्रम्प

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको संस्था ट्रम्प अर्गनाइजेसनले वासिङटनमा रहेको होटल ३७ करोड ५० लाख डलर (करिब ४४ अर्ब ६३ करोड नेपाली रुपैयाँ)मा बेच्ने तयारी गरेको छ।

अहिले बेच्न लागिएको ट्रम्प इन्टरनेशनल होटलको नाम फेरिएर अब आल्डोर्फ एस्ट्रोइया राखिने र यो होटललाई हिल्टल ग्रुपले सञ्चालन गर्ने अमेरिकी सञ्चारमाध्यमहरुले बताएका छन् । यो होटलले ट्रम्पको कार्यकालमा ७ करोड डलर नोक्सानीको सामना गरेको थियो। सन् २०१६ को सेप्टेम्बरमा उक्त होटल ट्रम्प अर्गनाइजेसनले आम मानिसका लागि खुला गरेको थियो।

ट्रम्प अर्गनाइजेसनले यो होटलको भवन ६० वर्षको भाडामा लिएको थियो। सन् २०१९ देखि नै अर्गनाइजेसनले २६३ कोठा भएको यो होटल बिक्री गर्न ग्राहक खोजिरहेको थियो। लगानी कम्पनी जीसीआई मर्चेन्ट ग्रुपसँग भएको यो सम्झौता सन् २०२२ को पहिलो त्रैमासभित्र पूरा हुने अपेक्षा गरिएको छ। (एजेन्सी)

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति