आज पनि प्रधानन्यायाधीशविरुद्ध बारले विरोध प्रदर्शन गर्दै

काठमाडौँ, २९ कार्तिक । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आएको नेपाल बार एसोसिएसन आज सोमबार पनि देशका ९० वटा बार इकाईमा विरोध प्रदर्शन गर्दैछ ।


हिजो जस्तै काठमाडौं उपत्यकाका सबै बार इकाईबाट सर्वोच्च अदालतमा उपस्थित भएर प्रधानन्यायाधीश जबराविरुद्ध विरोध गरिने बारका महासचिव लीलामणि पौडेलले बताए ।प्रधानन्याधीशलाई सर्वोच्च प्रवेशमै रोक लगाउने भन्दै बार आइतबारदेखि गेटमै प्रदर्शन गर्दै आएको छ । आज पनि मध्यान्न १२ बजेसम्म देशभरका सबै अदालतमा विरोधका कार्यक्रम रहेको उनले बताए ।बारले २२ देखि ३० सम्मका लागि दोस्रो चरणको आन्दोलन घोषणा गरेर प्रदर्शन गरिरहेको छ ।प्रधानन्यायाधीश जबरा भने इजलास तोक्दै आएका छन् । बारले प्रधानन्यायाधीशद्वारा तोकिएका इजलासमा नजान आग्रह गर्दै सर्वोच्च अदालतका सबै न्यायाधीशलाई पत्र पठाइसकेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति