एनआरएनएलाई कुनै दलको भ्रातृ सङ्गठन बनाउन हुँदैन– अध्यक्ष तिमिल्सिना

काठमाडौँ, २८ कात्तिक । राष्ट्रिसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) लाई कुनै दल विशेषको भ्रातृ सङ्गठनका रुपमा नभई विदेशमा रहेका नेपालीको साझा थलोका रुपमा स्थापित गर्नुपर्नेमा जोड दिएका छन् ।

एनआरएनए बेल्जियमद्वारा प्रकाशन गरिएको बेल्जियम दर्पणको आज यहाँ विमोचन गर्दै अध्यक्ष तिमिल्सिनाले संस्थालाई कसैले पनि व्यक्तिगत स्वार्थपूर्तिको माध्यम बनाउन हुँदैन भने । एनआरएनएमा शुद्धीकरणको अभियान बेल्जियमबाटै सुरु गर्न आग्रह पनि उनले आग्रह गरे । नेपालको प्राकृतिक विपद्, कोरोना सङ्क्रमणजस्ता कठिनाइको अवस्थादेखि विकास निर्माणमा एनआरएनए बेल्जियमबाट महत्वपूर्ण सहयोग प्राप्त भएको उल्लेख गर्दै उनले संसद्‌मा विचाराधीन नागरिकतासम्बन्धी विधेयकलाई पारित गराउने विषयमा आफूले सकारात्मक भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति