मुस्ताङको थासाङमा हिमपहिरो, भागदौडमा ७ घाइते

काठमाडौँ, २८ कार्तिक । मुस्ताङको थासाङ गाउँपालिका–२ याङ्दान खर्कमा गएको हिमपहिरो गएको छ । हिमपहिरो आएपछि भाग्‍ने क्रममा ७ जना घाइते भएको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद अधिकारीले नेपाल पेजलाई जानकारी दिए । घाइतेहरुको जोमसम अस्पतालमा उपचार भइरहेको थासाङ गाउँपालिकाकी उपाध्यक्ष बालकुमारी शेरचनले बताइन । पहिरोबाट चौरी गोठ तथा गोठालाहरुलाई क्षति भएको हो भन्‍ने आशंका गरिएको समेत उनी बताउछिन् । पहिरो गएको स्थान गाउँपालिकाको कार्यालयदेखि हिँडेर दुई घण्टा लाग्‍ने उपप्रमुख शेरचनले बताइन् । घटनाको थप विवरण आउन बाँकी रहेको उनले जानकारी दिइन् । घट्ना बिहान साढे १० बजेदेखि ११ बजेतिर भएको हुनसक्ने उनले बताइन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति