कैलाली घर भएका जितेन्द्र नाथ थापाथलीबाट एयर गनसहित पक्राउ

काठमाडौं, २८ कात्तिक। प्रहरीले काठमाडौंको थापाथलीबाट एयर गनसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–११ थापाथली डेरा गरी बस्ने कैलाली घर भएका २१ वर्षीय जितेन्द्र नाथ रहेका छन् ।नाथले कोठामा अवैध हातहतियार लुकाई राखेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले कोठा तलासी गर्दा उक्त हतियार फेला पारी शनिबार साँझ उनलाई पक्राउ गरेको हो ।पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति