लोकतन्त्र र जबजको कुरा गरेर नथाक्ने नेताहरूले मदन भण्डारीको खिल्ली उडाए : नेता रावल

काठमाडौं, २८ कार्तिक । नेकपा एमाले केन्द्रीय सदस्य एवम् सांसद झपट रावलले कैलालीका पुराना नेतारकार्यकर्ताको नाम हटाएर जथाभावी महाधिवेशन प्रतिनिधि छनोट गरिएको आरोप लगाएका छन्।नेता रावलले एमालेका नेता कार्यकर्ताको लिस्ट हटाएर नक्कली मान्छेलाई समेटेर महाधिवेशन प्रतिनिधि छनोट गरिएको बताए। ‘नेकपा एमालेका पुराना नेता कार्यकर्ताको लिस्ट हटाएर माओवादीबाट आएका र नक्कली व्यक्तिलाई समेटेर प्रतिनिधि छनोट गरिएको छ’, नेता रावलले भने,‘कार्यकर्ताको महाधिवेशन प्रतिनिधि चुनिने सार्वभौम अधिकारको चिरहरण भएको छ, यो जबजकै उपहास हो।’एकता प्रक्रियाका नाउमा पूर्वमाओवादको तर्फबाट पूर्ण परिचय समेत नखुलाइकन सदस्यता वितरण भएको र उनीहरूलाई नै महाधिवेशन प्रतिनिधि छनोट गरिएकोमा रावलको आक्रोश थियो। उनले आन्तरिक लोकतन्त्र र जबजको कुरा गरेर नथाक्ने नेताहरूले मदन भण्डारीको खिल्ली उडाएकोसमेत बताए।महाधिवेशन प्रतिनिधि ल्याउँदा नै धाँधलीपूर्ण तरिकाले ल्याउने प्रयास भइरहेको उनको आरोप छ। एमालेले महाधिवेशन प्रतिनिधिका लागि देशैभरि कात्तिक २७ गतेको मिति तोकेको थियो।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति