सरकार, संसद् र न्यायपालिकाले काम गर्न सकेन – सुवासचन्द्र नेम्वाङ

काठमाडौं । नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सरकार, संसद् र न्यायपालिकाले काम गर्न नसकेको आरोप लगाए । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको आज विर्तामोडमा २५औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले असफलताको सबै दोष वर्तमान गठबन्धन सरकारले लिनुपर्ने बताए ।

सरकारले अन्य अङ्गलाई काम गर्ने वातावरण उपलब्ध नगराएको नेम्वाङले बताए । सबै कुराको दोष संविधानलाई दिन नहुने उनको धारणा थियो । उनले राजनीतिलाई संवैधानिक मार्गमा हिँडाउने काम राजनीतिक दलको भएको स्पष्ट पारे ।

सो अवसरमा नेता नेम्वाङले संविधानसभा सदस्य केशव बडाललाई राष्ट्रिय व्यक्तित्व सम्मान पुरस्कार प्रदान गरे । सहकारी अभियानमा विशिष्ट योगदान पु¥याउने व्यक्तिलाई सो सहकारीले रु एक लाख एक हजार राशिको पुरस्कार प्रदान गर्दै आएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति