महाधिवेशनले एमालेलाई सक्षम शक्तिका रूपमा खडा गर्छ : अध्यक्ष ओली

काठमाडौं, २६ कार्तिक । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी १०औँ राष्ट्रिय महाधिवेशनले एमालेलाई राष्ट्रिय आकांक्षा पूरा गर्ने अभियानको नेतृत्व गर्न सक्षम शक्तिका रूपमा खडा गर्ने बताएका छन् ।

देशभर एकैसाथ महाधिवेशन प्रतिनिधि छनोटका सन्दर्भमा आज भिडियो सन्देश जारी गर्दै उनले महाधिवेशनले पार्टी निर्माण, विस्तार र एकता प्रक्रियालाई नयाँ उचाइ प्रदान गर्ने बताए । उनले करिब तीन वर्षसम्म निष्क्रिय र अस्तव्यस्त अवस्थामा रहेका पार्टी सङ्गठन अहिले जुर्मुराउँदै र कमिटीमा नयाँ जीवन सञ्चारित हुँदै गएको समेत बताए । एमालेको महाधिवेशन मङ्सिर १० देखि १२ गते चितवनमा हुँदै छ । महाधिवेशनका लागि शनिबार एक हजार ९९९ जना प्रतिनिधि चयन हुँदैछन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति