विश्वकप २०२२ का लागि ब्राजिल छनोट

काठमाडौं, २६ कात्तिक । ब्राजिलले अर्को वर्ष कतारमा हुने फिफा विश्वकपमा कोलम्बियालाई शुक्रबार बिहान १–० ले पराजित गर्दै स्थान पक्का गरेको छ ।

शुक्रबार विहान भएको दक्षिण अमेरिकी छनोट अन्तरगत खेलमा ब्राजिलले लुकास पाक्वेटाको एक मात्र गोलको मदतमा कोलम्बियालाई हराएको हो । पाक्वेटाले नेइमारको पासमा ७२औं मिनेटमा गोल गरेर जित हासिल गर्दै ब्राजिल छनोटमा ६ खेल बाँकी रहँदै विश्वकपमा स्थान पक्का गर्न सफल भयो । १० राष्ट्र समावेश दक्षिण अमरिकी छनोटमा ब्राजिल १२ खेलबाट ३४ अंक जोड्दै शीर्ष स्थानमा छ भने एक खेल कम खेलेको अर्जेन्टिना २५ अंकसहित दोस्रो स्थानमा छ साथै इक्वेडर २० अंकसहित तेस्रो स्थानमा रहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति