नेपाल धितोपत्र बोर्डको सञ्चालक समितिमा अञ्जन श्रेष्ठ नियुक्त

काठमाडौं, २६ कार्तिक । नेपाल धितोपत्र बोर्डको सञ्चालक समिति सदस्यमा अञ्जन श्रेष्ठ नियुक्त भएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका तर्फबाट उपाध्यक्ष श्रेष्ठलाई धितोपत्र बोर्डको सञ्चालक समितिमा श्रेष्ठलाई सदस्य नियुक्त गरिएको हो ।यसअघि धितोपत्र बोर्डको सञ्चालक समितिमा प्रतिनिधित्व गरेका महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल सर्वोत्तम सिमेन्टको सेयर प्रकरणमा मुछिएपछि भएका विरोधका कारण उनले बोर्ड सदस्यबाट राजीनामा दिएका थिए ।

नेप्सेमा सूचिकृत कम्पनी सञ्चालक नै नियामक निकाय धितोपत्र बोर्डको सञ्चालक समितिमा बस्दा स्वार्थ बाझिने भन्दै ढकालको विरोध भएको थियो । ढकाल नेप्सेमा सूचीकृत चन्द्रागिरि हिल्सलगायत कम्पनीका सञ्चालक हुन् ।

यसले गर्दा उनको बोर्डमा भएको प्रतिधित्वको विरोध भएको थियो । बोर्ड सदस्य नियुक्त भएपछि श्रेष्ठ बिहीबार नै बोर्डको बैठकमा सहभागीसमेत भएका छन् । श्रेष्ठ साल्ट ट्रेडिङ कर्पोरेशनमा पनि सञ्चालक रहेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति