डुङ्गा दुर्घटना हुँदा कम्तीमा ४० जना बेपत्ता


किन्शासा, २६ कात्तिक । डुङ्गा दुर्घटना हुँदा लोकतान्त्रिक गणतन्त्र कंगोमा कम्तीमा ४० जना बेपत्ता भएका छन् ।देशको किभु प्रान्तमा बिहीबार बिहान डुङ्गा दुर्घटना भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

घटनास्थलबाट ५७ जनालाई जिवितै उद्धार गरिएको छ भने आठ जनाको शव निकालिएको छ ।

दुर्घटनामा परेको डुङ्गामा १२० जना यात्रु रहेका थिए । हराएकाहरुको खोजी कार्य भइरहेको पनि अधिकारीहरुले जनाएका छन् । (एजेन्सी)

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति