बागमती प्रदेशमा नवनियुक्त दुई मन्त्रीले लिए शपथ

काठमाडौं, २५ काठमाडौं । बागमती प्रदेशमा नवनियुक्त मन्त्रीद्वयले नेकपा माओवादी केन्द्रबाट शालिकराम जम्कट्टेल र नेपाली काँग्रेसबाट नीमा लामाले पद तथा गोपनीयताको शपथ लिएका छन् ।मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आज ( बिहीबार) मन्त्रिपरिषद् विस्तार मन्त्रिपरिषद गर्दै दुई सदस्य थप गरेका हुन् । मुख्यमन्त्री पाण्डेले जम्कट्टेललाई आर्थिक मामिला तथा योजना मन्त्रालय र लामालाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

कार्तिक ११ गते मुख्यमन्त्री नियुक्त भएका पाण्डेले सोही दिन तीन मन्त्री नियुक्त गरेका थिए । त्यसपछि पहिलो पटक आज मन्त्रिपरिषद् विस्तार गरिएको हो । तर मन्त्रिपरिषद् विस्तारले अझै पूर्णता पाउन भने बाँकी नै छ ।मन्त्रिपरिषद् विस्तारले पूर्णता नपाएका कारण अझैसम्म मुख्यमन्त्री पाण्डेले भूमि, व्यवस्था तथा सहकारी मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति