प्रधानसेनापति शर्माद्वारा भारतका रक्षा मन्त्री, विदेश मन्त्री र राष्ट्रिय सुरक्षा सल्लाहकारसँग भेट

काठमाडौं, २५ कार्तिक । भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति महारथी प्रभुराम शर्माले विभिन्न भारतीय पदाधीकारीसँग गरेका छन् । प्रधानसेनापति शर्माले आज बिहीवार भारतका रक्षा मन्त्री राजनाथ सिंह, विदेश मन्त्री डा. एस. जयशंकर तथा राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग छुट्टाछुट्टै शिष्टाचार भेट गरेका हुन ।शिष्टाचार भेटपछि आज नै प्रधानसेनापति महारथी शर्माले नयाँ दिल्लीमा रहेको नेशनल डिफेन्स कलेजको भ्रमणसमेत गरेका हुन । उनलाई त्यस अवसरमा कलेजको वाल अफ अनर बाट सम्मानित गरिएको थियो । प्रधानसेनापति शर्मा यो सम्मान प्राप्त गर्ने पहिलो व्यक्ति हुन । यो सम्मान आफ्नो क्षेत्रमा उत्कृष्ट उपलब्धि हासिल गर्ने यस कलेजका अल्मुनीहरूलाई मात्र दिइने गरिन्छ । महारथी शर्माले सन् २०१३ मा यस कलेजबाट नेशनल डिफेन्स कोर्स (एनडीसी) गरेका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति