नेकपा एमालेका शीर्ष नेताहरू चितवनमा

काठमाडौं, २५ कार्तिक ।  नेकपा एमालेका शीर्ष नेताहरूले पार्टीको आसन्न १० ‍औँ महाधिवेशन स्थलको अवलोकन भ्रमण गरेका छन् । आज बिहीवार पार्टीका महासचिव ईश्वर पोखरेलको नेतृत्वमा गएको टोलीले एमालेको महाधिवेशनको उद्घाटनको कार्यक्रम हुने स्थल नारायणी नदी किनारको स्थलगत अवलोकन गरेको हो ।

पार्टीका महासचिव ईश्वर पोखरेल सँगै नेताहरू विष्णु पौडेल, स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’, पार्टी प्रवक्ता प्रदीप ज्ञवाली, कार्यालय सचिव शेरबहादुर तामाङ, नेताहरू सुरेन्द्र पाण्डे, शङ्कर पोखरेल, विष्णु रिमाल, योगेश भट्टराईलगायतका शीर्ष नेताहरू महाधिवेशन स्थल नारायणी किनारको अवलोकन गर्न चितवन पुगेका हुन् ।

टोलीले महाधिवेशन स्थल नारायणी नदी किनारको स्थलगत अवलोकन गरेका छन् भने महाधिवेशनको बन्द सत्र हुने सौरहामा पनि स्थलगत अवलोकन गरेका छन् ।चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै महासचिव ईश्वर पोखरेलले महाधिवेशन स्थलको निरीक्षण र आवश्यक तयारीका लागि चितवन आएको बताए। उनले स्थलगत निरीक्षणपछि छलफल गरिने र आवश्यक तयारीका काम अगाडि बढाउने जानकारी दिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति