सर्वोच्चबाट दिउँसै किन बाहिरिए जबरा ?

काठमाडौं, २५ कार्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्वोच्च अदालतबाट बाहिरिएका छन् ।आफ्नो एकल इजलास गठन गरेर ६ वटा मुद्दा पेशीमा चढाएका जबरा ती मुद्दाहरूमा सुनुवाइ गरेर सर्वोच्चबाट बाहिरिएका हुन् ।

सर्वोच्चको वेबसाइटमा ढिला गरी प्रधानन्यायाधीशको इजलाससम्बन्धी विवरण राखिएको छ ।उनले ६ वटै मुद्दामा कैफियत प्रतिवेदन माग्ने आदेश गरेका छन् ।

यसअघि प्राय कार्यालय समय भर सर्वोच्चमै रहने जबरा दिउँसै बाहिरिनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।नेपाल बार एसोसिएसनको विरोध सभामा प्रहरीले हस्तक्षेप गर्दा आज सर्वोच्च परिसरमा तनाव भएको थियो ।प्रहरी हस्तक्षेपको विरोधमा बारले भोलि इजलास बहिस्कार गर्ने भएको छ भने प्रधानन्यायाधीशलाई सर्वोच्च प्रवेशमा रोक लगाउने घोषणा पनि गरेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति