ट्याङ्करले बसलाई ठक्कर दिँदा १२ जनाको मृत्यु

एजेन्सी, २४ कात्तिक । राजस्थानको बाडमेरस्थित बाडमेर–जोधपुर हाइवेमाबुधबार ठूलो दुर्घटना भएको छ । बस र ट्याङ्कर एक आपसमा ठोकिदाँ दुबैमा आगो हुँदा १२ जनाको जलेर मृत्यु भएको हो । हाइवेमागलत दिशाबाट आएको ट्याङ्करले बसलाई ठक्कर दिएको हो । घटनामा अन्य धेरै मानिसहरु घाइते भएका छन् ।उनीहरुको उपचार भइरहेको छ ।

ट्याङ्करसँग ठोक्किने बित्तिकै बसमाआगो लागेको थियो । दुर्घटना लगत्तै घटनास्थलपुगेको प्रहरीले १० जनामानिसहरुलाई बाहिर निकालेको थियो । केहि व्यक्तिहरुले भने आफै बसको सिसा फोडेर बाहिर निस्कन सफलभए ।

भारतीय सञ्चारमाध्यम अमर उजालाकाअनुसार बसमा २५ जना सवार थिए । उक्त बस बिहान झन्डै १० बजे बालोतराबाट हिँडेको यात्रुहरुले बताए । हाइवेमागलत दिशाबाट आइरहेको ट्याङ्करले ठक्कर दिँदा बस जलेर नष्ट भएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति