राष्ट्रसंघका १६ कर्मचारी इथियोपियामा पक्राउ

इथियोपिया, २४ कात्तिक । संयुक्त राष्ट्रसंघले इथियोपियाको राजधानी सहर अदिस अबाबामा आफ्ना १६ स्थानीय कर्मचारी पक्राउ परेको बताएको छ । राष्ट्रसंघका प्रवक्ता स्टेफन डुजारिकले १६ कर्मचारीमध्ये ६ जना रिहाइ भएपनि बाँकी कर्मचारीलाई पनि रिहा गर्ने विषयमा इथियोपियाको सरकारसँग वार्ता भइरहेको जानकारी दिएका छन् ।

राष्ट्रसंघका विभिन्न एजेन्सीमा काम गरिरहेका कर्मचारीलाई बिना कारण पक्राउ गरेको संयुक्त राष्ट्रसंघतर्फबाट बताइएपनि यस विषयमा इथियोपियाको सरकारले भने कुनै प्रतिक्रिया दिएको छैन । इथियोपियाको सरकार पछिल्लो एक वर्षदेखि उत्तरी प्रान्त टिग्रेको सेनासँग लडिरहेको छ । युद्ध सुरु भएसँगै इथियोपियाको राष्ट्रसंघसँगको सम्बन्ध पनि चिसिएको छ । गत सेप्टेम्बरमा इथियोपियाको सरकारले आफ्नो आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै राष्ट्रसंघका सातजना शीर्ष अधिकारीलाई देश निकाला गरेको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति