जनकपुरधाम , २४ कात्तिक । बुधबार धनुषामा दुर्घटना परेको बसमा आफैं आगलागी भएको छ ।
ना ६ ख ७१०२ नम्बरको बस पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाधाम नगरपालिका–६ मालटोलमा दाङबाट विराटनगरतर्फ जाँदै गर्दा आफैं अनियन्त्रित भई सडकको दाहिनेपट्टि २० फिट तल खसेर दुर्घटना भएलगत्तै बसमा आगलागी भएको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक प्रदीप सुवेदीले बताए । बस आगलागी पश्चात् पूर्ण रुपले जलेको छ ।

दुर्घटनामा बसमा सवार १० भन्दा बढी व्यक्ति घाइते भएका छन् । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनापछि बसका चालक सप्तरीको छिन्नमस्ता गाउँपालिका ५ बस्ने ४० बर्षीय भगवतीप्रसाद कर्ण र सहचालक सम्पर्कमा नरहेको र खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया