चक्कु प्रहार गरी युवकको हत्या



टीकापुर, २४ कार्तिक । एक समूहको चक्कु प्रहारबाट कैलालीको लम्की चुहा नगरपालिका वडा नं. १ का २२ वर्षीय भुपेन्द्र बडुवालको ज्यान गएको छ । मंगलवार राति ९ बजे टीकापुरस्थित कृषि हाट बजार नजिकै बडुवाललाई चक्कु प्रहार हुँदा ज्यान गएको छ ।प्रहरीले घटनामा संलग्नता रहेको आशंकामा पाँच जनालाई पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डीएसपी प्रकाश सापकोटाले बताए ।

घटनाको नेपाल प्रहरीको सुदूरपश्चिम प्रदेश, जिल्ला र इलाका प्रहरी कार्यालय टीकापुरको संयुक्त टोलीले अनुसन्धान गरिरहेको छ । प्रारम्भिक अनुसन्धानबाट घटनामा दुई समूहबिच झडप भएको हुनसक्ने खुलेको सापकोटाले बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति