आज एमाले महाधिवेशन व्यवस्थापन समितिको बैठक

काठमाडौँ, २४ कार्तिक ।नेकपा एमाले १०औँ राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितिको बैठक आज बुधबार बस्दैछ । एमालेले महाधिवेशन मंसिर १०–१२ मंसिरमा चितवनमा आयोजना गर्ने निर्णय गरिसकेको छ ।

स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’ नेतृत्वको २१ सदस्यीय मूल व्यवस्थापन समितिको बैठक आज मध्याह्न १२ बजे च्यासलस्थित तुलसीलाल स्मृति भवनमा बस्न लागेको हो ।एमालेले वडा र पालिका अधिवेशन सम्पन्न गरिसकेको छ ।

महाधिवेशन नजिकिँदै जाँदा एमालेमा नयाँ नेतृत्वके सरगर्मी बढेको छ । नेकपा एमालेले आगामी १० औं राष्ट्रिय महाधिवेसन सफलतापूर्वक सम्पन्न गर्न विभिन्न १२ वटा समितिहरु बनाउने निर्णय गरेको छ । महाधिवेशन मूल व्यवस्थापन समितिको आज च्यासलमा बसेको बैठकले सो निर्णय गरेको हो ।

यसअघिको बैठकले प्रतिनिधि व्यवस्थापन समिति, प्रचारप्रसार समिति, अतिथि सत्कार समिति, खाद्य व्यवस्थापन समिति, स्वयमसेवक परिचालन,मञ्च व्यवस्थापन समिति, सांस्कृतिक समिति र जनपरिचालन समिति बनाइसकेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति