मन्त्रीद्वयसँग राष्ट्रसङ्घका सहायक महासचिवको भेट

काठमाडौँ, २३ कात्तिक । नेपालको भ्रमणमा रहेका संयुक्त राष्ट्रसङ्घका सहायक महासचिव क्रिश्चियन सान्डर्सले रक्षामन्त्री डा. मीनेन्द्र रिजाल र परराष्ट्रमन्त्री डा नारायण खड्कासँग आज बेग्लाबेग्लै भेटवार्ता गरेका छन् ।

दुवै भेटका अवसरमा मन्त्रीद्वयले शान्ति सेनामा नेपाल र नेपाली सेनाको गौरवशाली योगदान र भविष्यमा विस्तारित प्रभावकारी नेतृत्वदायी भूमिकाबारे विचार विमर्श भएको थियो । मन्त्रीद्वयले नेपाली शान्ति सैन्यलाई कार्यक्षेत्रमा उच्च स्थानमा अवसर दिनुपर्नेमा जोड दिएका थिए । उनीहरुले राष्ट्र सङ्घीय शान्ति सेनामा नेपालबाट निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका थिए ।

सहायक महासचिवले शान्ति सेनामा सहभागी भएर विश्व शान्ति स्थापनामा नेपालका सुरक्षाकर्मीले निर्वाह गरेको योगदानको सराहना गरेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति