नयाँ सर्वेक्षणले अमेरिकी राष्ट्रपति जो बाइडेनको लोकप्रियता उल्लेख्य रुपमा घटेको देखाएको छ । मुलुकका सबैभन्दा महत्वपूर्ण मुद्दाहरुमा बाइडेनले ध्यान नदिएको मतदाताहरुले धारणा राखेका छन् । झण्डै आधा मतदाताहरुले बाइडेन अपेक्षा गरेभन्दा खराब राष्ट्रपति भएको विचार व्यक्त गरेका छन् भने अधिकांश बाइडेनको दोश्रो कार्यकालको विपक्षमा देखिएका छन् ।झण्डै ५८ प्रतिशत अमेरिकनहरुले मुलुकका मुख्य मुद्दाहरुमा बाइडेनको ध्यान नगएको धारणा व्यक्त गरेका हुन् । एसएसआरएसबाट संचालित सीएनएन सर्वेक्षणमा बाइडेनले राष्ट्रपतिका रुपमा अपनाएको तौरतरिकालाई अधिकांशले अस्वीकार गरेका छन् । ५२ प्रतिशतले बाइडेनको कार्यशैली अस्वीकार गरेका हुन् ।त्यस्तै युएसए टुडे र सफल्क युनिभर्सिटीको सर्वेक्षणमा पनि बाइडेनको अस्वीकृति दर ५९ प्रतिशत रहेको छ । ३७ दशमलव ८ प्रतिशतलेमात्र बाइडेनलाई स्वीकार गरेका छन् । उक्त सर्वेक्षणमा ४६ प्रतिशतले बाइडेन अपेक्षा गरेभन्दा खराब राष्ट्रपति भएको धारणा व्यक्त गरेका छन् भने ६४ प्रतिशतले बाइडेनको दोश्रो कार्यकालको विपक्षमा रहेका छन् ।
सर्वेक्षण : बाइडेन अपेक्षा गरेभन्दा खराब राष्ट्रपति, अधिकांश दोश्रो कार्यकालको विपक्षमा
प्रतिक्रिया