न्यायिक नेतृत्वको विचलनविरूद्ध कांग्रेस उभिनुपर्छ– गगन थापा

काठमाडौं, २२ कार्तिक । नेपाली काँग्रेसका नेता गगन थापाले सर्वोच्च अदालतको नेतृत्वमा आएको विचलनविरूद्ध कांग्रेस उभिनुपर्ने बताएका छन् ।सिन्धुलीको कमलामाईमा सोमबार आयोजित कार्यक्रममा थापाले अदालतमा ठूलो भइरहेको दंगारफसादमा कांग्रेस सही ठाउँमा नउभिए ३० लाख मतदाताले कांग्रेस छाड्ने चेतावनी पनि दिए ।

कांग्रेस अदालतको विषयमा सही ठाउँमा उभिन सकेन र न्यायिक नेतृत्वमा आएको विचालविरुद्धमा कांग्रेस छ भन्ने बताएन भने ३० लाख मतदाताले कांग्रेस छोड्छ’, थापाले भने ।

थापाले आगामी निर्वाचनमा काँग्रेस पहिलो दल बन्ने दाबी पनि गरेका छन् । आगामी चुनावमा काँग्रेस एक्लै प्रतिष्पर्धामा उत्रनुपर्नेमा पनि जोड दिँदै उनले भने,’पार्टीको १४औँ महाधिवेशनको भोलिपल्टै हामी चारतारे झण्डा उचालेर स्थानीय तहको निर्वाचनमा जुट्नुपर्नेछ, काँग्रेसको स्वाभाव नै एक्लै चुनाव लड्नेँ हो, कसैसँग मिलेर चुनाव लड्नेँ हाम्रो स्वाभाव होइन ।’

विगतमा गठबन्धनको केही प्रयास भएपनि सफल नभएको उनले स्मरण गराए । थापाले भने,‘हामीले पाएको मत भनेको ३१ लाख हो । पहिलो दल बन्नको लागि ४२ लाख मत चाहिन्छ । हाम्रा मतदातालाई कांग्रेस भनेको उहाँहरुको लागि एउटा विचार हो ।’

विगतमा चितवनमा आफ्ना मतादातो अर्को पार्टीलाई मत हाल्दा काठमाडौंमा काँग्रेसको मत घटेको उनले बताए । फेरि त्यस्तो अवस्था आउन दिन नहुनेमा कांग्रेसजन सचेत रहनुपर्ने उनको धारणा छ ।

‘चितवनमा आफ्ना मतदाताको मत अर्को पार्टीलाई हाल्दा काठमाडौँमा काँग्रेसेको मत मतदाता घटे । त्यसैले न्यायालयको विषयमा कांग्रेसले सत्यको पक्षमा बोल्नुपर्छ’, थापाले भने ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति