प्रधानन्यायाधीशले बोलाएको न्याय परिषद् बैठकमा बारका प्रतिनिधि नजाने

काठमाडौं, २२ कार्तिक । नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बोलाएको न्याय परिषद् र न्याय सेवा आयोगको बैठकमा सहभागी नहुने निर्णय गरेको छ । जबराको राजीनामा माग गर्दै आन्दोलनरत बारको सोमबार बसेको बैठकले प्रधानन्यायाधीशले बोलाएको बैठकमा नजाने निर्णय गरेको हो । साथै बैठकले प्रधानमन्त्री र दलहरुले अहिलेको अवस्था अवगत गराउने र अदालतबाट दंगा प्रहरी हटाउन माग गर्ने निर्णय गरेको महासचिव लीलामणि पौडेलले जानकारी दिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति