नेपाली सेनालाई चीनले दियो ३ लाख खोप

काठमाडौं, २२ कार्तिक । चीनको जनमुक्ति सेनाले नेपाली सेनालाई ३ लाख डोज कोभिड १९ विरुद्धको भेरोसेलको खोप दिएको छ । जंगी अड्डामा आयोजित एक कार्यक्रमकाबीच नेपालका लागि चिनियाँ राजदुत होउ यान्छीले सोमबार प्रधान सेनापति महारथी प्रभुराम शर्मालाई ३ लाख डोज खोप हस्तान्तरण गरेकी हुन् ।

जनमुक्ति सेनाले १० थान भेन्टिलेटर र १०० थान अक्सिजन कन्सन्ट्रेटरसहति स्वास्थ्य सामाग्री समेत हस्तान्तरण गरेको छ ।नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरुको उपस्थिति रहेको उक्त हस्तान्तरण कार्यक्रममा प्रधान सेनापति महारथी शर्माले यस सहयोगको लागि मित्रराष्ट्र चीन तथा चिनियाँ जनमुक्ति सेनालाई धन्यवाद ज्ञापन गरेका छन् ।यस किसिमको सहयोगबाट नेपाली सेनाका सकलदर्जा एवं प्राथमिकताका आधारमा हिताधीकारीहरु समेत लाभान्वित हुने र यसबाट महामारी बिरुद्धको लडाइमा नेपाली सेना थप प्रभावकारी रुपमा नेपाली जनताको सेवामा लाग्न सक्षम हुने तथा दुई देशका सेनाबीच रहेको सम्बन्ध थप मजबुद हुने विश्वास लिइएको जंगी अड्डाले बताएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति