देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता पछि ५ बजे बोलाइयो गठबन्धनको बैठक

काठमाडौं, २२ कार्तिक ।प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा समसामयिक वर्तमान अवस्थाको बारेमा छलफल भएको जनाइएको छ। नेता त्रयको छलफलले सत्ता गठबन्धनको बैठक बोलाउने निर्णयसमेत गरेको छ। बालुवाटार स्रोतका अनुसार गठबन्धन दलको बैठक ५ बजे बस्दै छ।
प्रधानन्यायाधीश प्रकरणमा दलहरु मौन रहेको आरोप लगिरहेको समयमा गठबन्धनको बैठक बस्न लागेको हो। यसअघि नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले दलहरुको गठबन्धन शीर्ष नेताको गठबन्धन जस्तो भएको बताएका थिए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति