महाधिवेशनको विषयमा छलफल कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं, २१ कार्तिक । नेपाली कांग्रेसले कात्तिक २८ गते केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक सूचना जारी गरी कात्तिक २८ गते दिउँसो १ बजे बस्ने केन्द्रीय कार्यसमिति बैठकमा पार्टी पदाधिकारी, केन्द्रीय सदस्य र आमन्त्रित सदस्यलाई बोलाएका छन् । बैठकको कार्यसूची सार्वजनिक गरिएको छैन । यद्यपि बैठकमा समसामयिक राजनीतिक विषय र पार्टीको १४ औं महाधिवेशनको विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति