टी–२० विश्व कपमा न्युजिल्यान्डले नामिबियालाई हरायो


काठमाडौं, १९ कात्तिक ।  आईसीसी टी–२० विश्व कप क्रिकेटको आज शुक्रवारको पहिलो खेलमा न्युजिल्यान्डले नामिबियालाई ५२ रनले हराएको छ ।

यूएईको सारजाहमा न्युजिल्यान्डले दिएको एक सय ६४ रनको लक्ष्य पछ्याएको नामिबियाले सात विकेट गुमाएर एक सय ११ रन मात्रै बनाउन सक्यो । नामिबियाका लागि माइकल लिनगेनले सर्वाधिक २५ रन बनाए । बलिङतर्फ न्युजिल्यान्डका टिम साउथी र ट्रेन्ट बोल्टले समान दुईरदुई विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले २० ओभरमा चार विकेट गुमाएर एक सय ६३ रन बनायो । न्युजिल्यान्डका लागि जेम्स निशमले सर्वाधिक नटआउट ४५ रन बनाए । आजको जितसँगै न्युजिल्यान्ड चार खेलमा ६ अङ्कसहित शीर्ष स्थानमा पुगेको छ र सेमिफाइनलको सम्भावना बलियो बनाएको छ ।

यो समूहको पाकिस्तान आठ अङ्कसहित पाकिस्तान सेमिफाइलनमा पुगिसकेको छ । यो समूहबाट न्युजिल्यान्ड, अफगानिस्तान र भारत सेमिफाइनलको दौडमा छन् ।

अहिले दोस्रो खेलमा स्कटल्यान्ड र भारत खेल्दैछन् । सेमिफाइलनको सम्भावना जीवितै राख्न भारतलाई आजको खेल ठूलो अन्तरले जित्नैपर्ने दबाब छ । भारत र नामिबियाको समान दुई–दुई अङ्क छ र उनीहरू क्रमशः चौथो र पाँचौँ स्थानमा छन् । स्कटल्यान्ड भने प्रतियोगिताबाट बाहिरिसकेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति