पछिल्लो २४ घण्टामा थप १७४ जनामा सङ्क्रमण पुष्टि, दुई जनाको मृत्यु

काठमाडौं, १९ कात्तिक । पछिल्लो २४ घण्टामा १७४ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । दुई हजार ३०७ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा १७४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।यसैगरी, दुई हजार ५३७ जनामा एन्टीजेन परीक्षण गरिएकोमा नौ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७।६प्रतिशत रहेको जनाएको छ ।पछिल्लो २४ घण्टामा ६४९ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी, सोही अवधिमा दुई जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ४३८ पुगेको छ ।त्यस्तै नेपालमा हाल आठ हजार ४१३ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति