काठमाडौं, १९ कात्तिक ।भक्तपुरको मध्यपुर थिमी क्षेत्रका पुरातात्विक तथा पर्यटकीय स्थलहरूको तस्बिर पुस्तक ‘गन्तब्य मध्यपुर थिमी’ सार्वजनिक भएको छ। मध्यपुर थिमि ४–स्थित दुईपोखरीमा एक कार्यक्रमका बीच पूर्वप्रधानमन्त्री तथा नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले पुस्तक सार्वजनिक गरेका हुन् ।
पुस्तकमा भरतबन्धु थापाले खिचेका मध्यपुर थिमि नगरपालिकाभित्रका संस्कृतिक, धार्मिक एवम जीवन शैलीसँग सम्बन्धित तस्वीरहरु संग्रह गरिएको छ ।
कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीले मध्यपुर कला र सस्कृतिको हिसाबले धनी रहेको भन्दै नगरपालिका क्षेत्रभित्रका प्राचीन साँस्कृतिक विरासतयुक्त सम्पदा, ऐतिहासिक स्थलहरु, कला र परम्परा झल्काउने तस्वीरहरुसमावेश रहेको यस संग्रहले मध्यपुर थिमिको पर्यटन, प्रवर्धन र विकासमा सहयोग पुर्याउे बताए ।
थिमिका मेयर मनदसुन्दर श्रेष्ठले मध्यपुर थिमिको धार्मिक, साँस्कृतिक, प्राकृतिक एवं ऐतिहासिक सम्पदाहरुलाई उजागर गरी देश विदेशमा जानकारी दिन सकेमा आन्तरिक र बाह्य पर्यटन विकास हुने बताए । साथै सम्पदाको संरक्षण र प्रवर्धन गर्दै बहुआयामिक रोजागारी सिर्जनाबाट समृद्ध नगर निर्माण गर्ने उद्देश्य रहेको उनले बताए ।मेयर श्रेष्ठले अहिले ४५ वर्षपछि परम्परागत लायकू भैलः २३ वर्षपछि महाकाली नाच, १७ वर्षपछि सलाचा प्याखँ, १३ वर्षपछि म्हे्खः प्याखँ नाच, भैतिमैली प्याखँ (राजकुमार नाच) लगायतले निरन्तरता पाएको जानकारी गराएका थिए ।
साथै मूर्तिकलाहरुको संरक्षण क्रममा २३ वटा मन्दिरहरु, ३७ वटा फल्चाहरु, २५ वटा ढुंगेधाराहरु, २० वटा ईनारहरु, १५ वटा पोखरीहरु, ५ वटा विहारहरू, ३ वटा लायकू दरबारहरु पुनर्निर्माण गरिएको उनले बताए । जुन अधिकांश लोप हुन लागेका, जीर्ण रहेका र भूकम्पले क्षति पुगेका सम्पदाहरु रहेका उनको भनाइ छ ।
कार्यक्रममा लेखक भरतबन्धु थापाले पुस्तक तयार गर्न दश महीना लागेको बताए । अब चाँडै नै सातैवटा प्रदेशका प्रमुख पर्यटीक धार्मिक, ऐतिहासिक, साँस्कृतिक तथा प्राकृकिक सुन्दरतालाई समावेश गरेर ३२४ पृष्ठको तस्वीर पुस्तक पनि सार्वजनिक गर्ने बताए ।
पत्रकार थापाले यसअधि वाइल्ड वेष्ट नेपाल, गन्तव्य कर्णाली, एक्सपोलर फारवेष्ट र कणरलीसहित चारवटा पुस्तक सार्वजनिक गरिसकेका छन् । कार्यक्रममा पत्रकार थापालाई सम्मान पनि गरीएको थियो ।
प्रतिक्रिया