बैंकर्स संघको अध्यक्षमा उपाध्याय निर्विरोध

काठमाडौँ, १७ कार्तिक । वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघको अध्यक्षमा अनिलकुमार उपाध्याय निर्विरोध चयन हुने भएका छन् । यही कात्तिक २३ मा हुन लागेको संघको वार्षिक साधारणसभाले उनलाई अध्यक्षमा नियुक्ति गर्ने बताएका छन् ।

अध्यक्षका लागि बुधबारसम्म उम्मेदवारी दिने समय तोकिएकोमा उनको मात्र आवेदन परेपछि उनी निर्विरोध भएका हुन् । कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत उपाध्याय हाल संघका उपाध्यक्ष हुन् । अध्यक्ष भुवन दाहालको दुई वर्षे कार्यकाल पुरा भएपछि उक्त पद खाली हुँदैछ ।

यस्तै, संघको नयाँ कार्यकालका लागि पाँच वटा सदस्य पुरानै दोहोरिने छन् । त्यसमा २ वटा बैंक (लक्ष्मी बैंक र एनआईसी बैंक) नयाँ सदस्यका रुपमा कार्यसमितिमा प्रवेश पाउनेछन् । यो वर्ष एनसीसी बैंकबाट प्रतिनिधित्व गरिरहेका रमेशराज अर्यालको कार्यकाल सकिएको छ भने अर्को एक सदस्य पद खाली थियो । ती पदमा लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाह र एनआईसी बैंकका प्रमुख कार्यकारी अधिकृत आउने भएका हुन् ।

उपाध्याय अध्यक्षमा नियुक्त भएपछि संघमा उपाध्यक्ष पद खाली हुनेछ । उक्त पदमा संघका कार्यकारी सदस्यहरूबाट उपाध्याक्ष छनोट गर्ने तयारी छ । स्रोतका अनुसार उपाध्यक्षमा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी ल्याउने सम्भावना अत्याधिक छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति