भारत, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सुरू

काठमाडौँ, १६ कार्तिक । संघीय संसद्को संसदीय सुनुवाइ समितिले भारत, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतको संसदीय सुनुवाइ प्रक्रिया सुरु गरेको छ ।

समितिको मंगलबारको बैठकले भारतका लागि प्रस्तावित राजदूत शंकर शर्मा, अमेरिकाका लागि प्रस्तावित राजदूत श्रीधर खत्री र बेलायतका लागि प्रस्तावित राजदूत ज्ञानचन्द्र आचार्यको संसदीय सुनुवाइ प्रक्रिया अगाडि बढाएको हो ।समितिले तीनैजना प्रस्तावित राजदूतविरुद्ध १० दिने सार्वजनिक उजूरी आह्वानको निर्णय गरेको समिति सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।

‘भारत, अमेरिका र बेलायतका लागि समितिमा प्रस्तावित राजदूतहरूको नाम सुनुवाइको लागि प्राप्त भएअनुसार नागरिकलाई जानकारी गराउने र प्रस्तावित व्यक्तिहरूको सम्बन्धमा सूचना तथा उजुरी संकलन गर्ने उद्देश्यले सरकारी सञ्चार माध्यममार्फत् सूचना सार्वजनिक गर्न समिति सचिवलाई निर्देशन दिन्छ,’ सभापति कर्णले भने । कात्तिक ११ गते बसेको मन्त्रिपरिषद् बैठकले तीनजनालाई राजदूत नियुक्तिका लागि सिफारिस गरेको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति