बटलरको शतकमा इंग्ल्याण्डको लगातार चौथो जित

काठमाडौं , १६ कात्तिक । इंग्ल्यान्डले आईसीसी टी–२० विश्वकप क्रिकेटमा लगातार चौथो जित हात पारेको छ ।

सोमबार राति जोस बटलरको शतकको मद्दतमा यूएईको सारजाहमा भएको खेलमा इंग्ल्याण्डले श्रीलंकालाई २६ रनले पराजित गरेको हो । इंग्ल्यान्डले दिएको १६४ रनको लक्ष्य पछ्याएको श्रीलंकाले १९ ओभरमा अलआउट हुँदै १३७ रन बनायो । श्रीलंकाका लागि वाविन्दु हसरंगा डी सिल्भाले सर्वाधिक ३४ रन बनाए भने कप्तान दासुन शनका र भानुका राजपाक्षेले समान २६ रन जोडे ।

साथै इंग्ल्यान्डका आदील राशिद, मोइन अली र क्रिस जोर्डनले दुई/दुई विकेट लिए भने लियम लिभिङस्टोन र क्रिस वोक्सले एक/एक विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा चार विकेट गुमाएर १६३ रन बनाएको थियो । १० ओभरमा तीन विकेट गुमाएर ४७ रन मात्रै जोडेको इंग्ल्याण्डले बाँकी १० ओभरमा ११६ रन बनाएको थियो ।

सुपर १२ मा चार जितपछि इंगल्याण्डको सेमिफाइनलमा स्थानसमेत लगभग पक्का भएको छ । चार खेलबाट इंग्ल्याण्डको ८ अंक रहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति