काठमाडौं, १५ कार्तिक । कृषि विकास बैंकका अध्यक्ष लक्ष्मी प्रपन्न निरौलाले पदबाट राजीनामा दिएका छन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले उनलाई बैंकको अध्यक्ष नियुक्त गरेको थियो ।सरकारले मार्ग प्रशस्त गर्न भनेपछि उनले राजीनामा दिएका हुन् । राष्ट्र बैंकबाट अवकास प्राप्त कार्यकारी निर्देशक समेत रहेका निरौलालाई गठबन्धन सरकारले हटाएर अर्को अध्यक्ष नियुक्त गर्ने तयारी गरेको थियो ।नेपाल सरकारको बहुमत शेयर रहेको बैंकमा सरकारले आफू निकट व्यक्ति नियुक्त गर्ने गरेको छ ।
कृषि विकास बैंकका अध्यक्ष निरौलाले दिए राजीनामा
प्रतिक्रिया