५३३ कोरोना संक्रमित थपिँदा, ९ जनाको मृत्यु

काठमाडौं, १५ कार्तिक । नेपालमा आज कोरोना भाइरसका ५३३ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसा ११ हजार ६६४ ओटा नमुनाको परीक्षण गर्दा ५३३ जनामा संक्रमण पुष्टि भएको हो। त्यस्तै पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ४१६ पुगेको छ। त्यस्तै आज ४९० जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ९ हजार ३१८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति