फेसबुक नामको होटलबाट पक्राउ परे पक्राउ अफगान नागरिक मेक्सिको गए

काठमाडौं, १५ कात्तिक । काठमाडौंको सिनामंगलस्थित फेसबुक नामको होटलबाट पक्राउ परेका ११ मध्ये पाँच जना अफगान नागरिक मेक्सिकोतर्फ प्रस्थान गरेका छन्। अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईका अनुसार आइतबार पाँच जना अफगान नागरिक मेक्सिको प्रस्थान गरेका हुन ।

उनीहरूसँग मेक्सिकोको भिसा भएको कारण आफूहरूले सहजीकरण गरिदिएको उनले बताए। केही मान्छेहरू आफ्नै हिसाबले गएका हुन्। मेक्सिकोको भिसा थियो उनीहरूसँग त्यही हिसाबले गएका हुन्, महानिर्देशक भट्टराईले भने, तर फर्किन सक्छन्। ठ्याक्कै भन्न सकिने अवस्था छैन। मेक्सिको गएका उनीहरू एकै परिवारका पाँच सदस्य हुन्। परिवारमा श्रीमान–श्रीमती, आठ वर्षीय बालक, ११ र १७ वर्षीया बालिका छन्।श्रीमानले पहिले अफगानिस्थानमा हुँदा राष्ट्रसंघको लागि काम गरिसकेका थिए। गत आइतबार केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले काठमाडौंको सिनामंगलस्थित फेसबुक नामको होटलबाट ११ जना अफगान नागरिकलाई पक्राउ गरेको थियो।

उनीहरू सो होटलमा दुइटा कोठा लिएर बसेका थिए। ब्युरोले थाहा पाएर उनीहरूलाई नियन्त्रणमा लिएको थियो। थप अनुसन्धानको लागि अध्यागमन विभागमा बुझाएको थियो। अहिले बाँकी ६ जना विभागको सम्पर्कमा छन्। उनीहरूमाथि अनुसन्धान भइरहेको विभागले जनाएको छ। यद्यपि उनीहरूलाई के गर्ने भन्ने निर्णय नभइसकेको विभागका महानिर्देशक भट्टराईले बताए।

बाँकी ६ जना पनि हाम्रै सम्पर्कमा हुनुहुन्छ। निर्णय भइसकेको छैन, निर्णय भएपछि भनौंला, उनले भने। ११ जना अफगान नागरिक दिल्ली हुँदै रूपन्देहीको सुनौली नाकामार्फत् नेपाल भित्रिएका थिए। सुरूमा ६ जना नागरिक काठमाडौं आएर बसेका थिए। पछि एकै परिवारका पाँच जना काठमाडौं आइपुगेका हुन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति